ad ad

समाज


विमानस्थलमा कार्यरत प्रहरीलाई ‘स्मार्ट’ बन्न महानिरीक्षक खनालको निर्देशन

विमानस्थलमा कार्यरत प्रहरीलाई ‘स्मार्ट’ बन्न महानिरीक्षक खनालको निर्देशन

नेपालखबर
साउन ३०, २०७६ बिहिबार १३:०,

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी कर्मचारीहरूले यात्रुहरुसँग अझै सभ्य, शिष्ट र यात्रुमैत्री व्यवहार गरी स्मार्ट प्रहरीको रुपमा प्रस्तुत हुनुपर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरको बिहीबार आकस्मिक निरीक्षण गर्दै महानिरीक्षक खनालले त्यहाँ कार्यरत प्रहरीलाई पेशागत आचरण र व्यवहारमा थप सुधार गरी आफ्नो जिम्मेवारीलाई लगनशील भएर निर्वाह गर्न निर्देशन दिए।

सो क्रममा महानिरीक्षक खनालले विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु खटिएकै ठाउँमा पुगेर उनीहरुले गरिरहेका यात्रु सुरक्षा जाँच, लगेज स्क्रिनिङ लगायतका हवाई सुरक्षासँग सम्बन्धित प्रहरीले गरिरहेका काम कारबाही अवलोकन पनि गरे।

sarbendra tia

साथै कार्यालयमा प्रयोग भइरहेका सुरक्षा उपकरण र साधन स्रोतबारे उनले जानकारी समेत लिए।

साथै प्रहरी महानिरीक्षक खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीसँग भेटघाट गरी विमानस्थलमा सुरक्षालाई अझ प्रभावकारी बनाउनका लागि सुधार गर्नुपर्ने पक्षका बारेमा छलफल समेत गरेका थिए।

उक्त अवसरमा अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरका प्रमुख प्रहरी नायव महानिरीक्षक सुर्यप्रसाद उपाध्याय र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्री समेतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .