नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का तर्फबाट यही अगष्ट १९ र २० तारिखका दिन भियतनामको हानोई शहरमा आयोजना हुने ‘फिया ग्रासरुट अफिसियल्स ट्रेनिङ प्रोग्राम’मा सहभागिता जनाउने अफिशियल तथा मार्शलहरुलाई बिदाइ गरिएकाे छ।
सो प्रशिक्षण कार्यक्रममा नासाका तर्फबाट महासचिव ई. आशिष गजुरेल तथा मार्शलहरु दयाराम न्यौपाने, दिपेश श्रेष्ठ, विनोद तण्डुकार, कमल न्यौपाने र अभिषेक लामिछाने गरि ६ जना प्रतिनिधि सहभागी हुनेछन्।
राष्ट्रिय खेलकुद परिषदमा सम्पन्न बिदाई कार्यक्रममा परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिना, नासाका अध्यक्ष दशरथ रिसाल, उपाध्यक्ष मेघराज पौडैल लगायतको उपस्थिति रहेको थियो। ‘कन्फिडरेसन अफ अस्ट्रेलियन मोटर स्पोर्ट (सीएएमएस) तथा भियतनामी मोटर स्पोर्टस्को आयोजनामा हुने उक्त कार्यक्रममा एशिया प्यासिफिक क्षेत्रका १० देशबाट २५ भन्दा बढी प्रतिनिधिको सहभागिता रहने छ।
सो प्रशिक्षण कार्यक्रममा इभेन्ट म्यानेजमेन्ट, इभेन्ट कमाण्ड, इभेन्ट प्रशासन, कोर्स डिजाइन, स्टेवार्डिङ, अफिशियल व्यवस्थापन लगायतका विषय समेटिने छन्।
प्रतिक्रिया