ad ad

कारोबार


निगमको जापान उडान सुनिश्चित

निगमको जापान उडान सुनिश्चित

नेपालखबर
साउन ३०, २०७६ बिहिबार १३:२२,

नेपाल वायुसेवा निगमको जापानको ओशाका उडान सुनिश्चित भएको भएको छ। सर्वोच्च अदालतले देवमान हिराचनको रिटमा जारी अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने आदेश गरेसँगै निगमको ओशाका उडान निश्चित भएको हो।

वायुसेवा निगमले जापानको ओशाका उडानका लागि नयाँ टिकेट बिक्रेता नियुक्त गरेपछि हिराचन सर्वोच्च गएका थिए। हिराचनको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले नयाँ टिकेट बिक्रेता नियुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न भन्दै निगमका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

सर्वोच्चको आदेशपछि निगमले पुनरावलोकन रिट दायर गरेको थियो। निगम र हिराचनको रिटमाथि संयुक्त रुपमा सुनुवाइ गर्दै बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र वमकुमार श्रेष्ठको इजलाशले निगमका पक्षमा आदेश जारी गरेको हो। यसअघि निगमको जापान प्रतिनिधि रहेका हिराचनले आफूलाई नै जनरल सेल्स एजेन्ट (जीएसए) तोकिनुपर्ने माग गरेपछि निगमले उनलाई जापान प्रतिनिधिबाट हटाएको थियो।

हिराचनलाई हटाएर निमगले ओशाका उडानका लागि टिकट बिक्री गर्ने एजेन्टका रुपमा एआइजे कम्पनीलाई नियुक्त गरेको थियो।

nac 12सर्वाेच्चकाे आदेश

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .