ad ad

कारोबार


चाडपर्वमा मूल्य बढ्न नदिने विभागकाे प्रतिवद्धता, मूल्यसूची संकलन गर्दै

चाडपर्वमा मूल्य बढ्न नदिने विभागकाे प्रतिवद्धता, मूल्यसूची संकलन गर्दै

नेपालखबर
साउन ३०, २०७६ बिहिबार १३:४५,

सरकारले चाडपर्वमा खाद्य बस्तुको मूल्य नबढ्ने गरी आपूर्ति व्यवस्था मिलाउने जनाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य सामानको मूल्य सूची संकलन गरिरहेको र हालको दरमा नै दशैँ तिहारसम्म आपूर्ति व्यवस्था मिलाउने जानकारी दिएको छ।

विभागका अनुसार हाल खुद्रा व्यवसाय संघसँग खाद्य बस्तुहरुको मूल्य माग गरिसकेको छ। संघले विभागलाई असारदेखि साउन २० गतसम्मको मूल्यसूचि पेश गरेको छ। उक्त समयमा नै खाद्य बस्तुको मूल्य २२ प्रतिशत वृद्धि भएको देखिएको छ। अब यो भन्दा बढी मूल्य वृद्धि हुन नदिने विभागका महानिर्देशक योगेन्द्र गौचन बताउँछन्। अन्य बस्तुहरुको मूल्य सूची पनि संकलन भइरहेको उनले बतए।

विभागले चाडपर्वका बेलामा अस्वभाविक रुपमा हुने मूल्य वृद्धिलाई नियन्त्रण गर्न बजार अनुमगनलाई तिब्र पारिने जनाएको छ। यस्तै, नेपाल बाहिरबाट आउने बस्तु र नेपालमा उत्पादन हुने बस्तुको पनि तालमेल मिलाएर आपूर्ति व्यवस्था चुस्त बनाउने विभागको भनाई छ।

दैनिक खपतको आन्तरिक र बाह्य स्रोत यस्तो छ

विभागको तथ्याङ्क अनुसार राँगा तथा भैँसी सात सयदेखि आठ सयको हाराहारीमा उपत्यकामा खपत हुने गरेको छ। आन्तरिक बाट १० प्रतिशत र आयातितबाट ९० प्रतिशत गरी हाल राँगा र भैँसीको माग पुरा भइरहेको छ। कुखुराको मासु, अण्डा र बंगुरमा आत्मनिर्भर रहेको छ। ६० प्रतिशत माछा भारतबाट आयत हुन्छ। ४० प्रतिशत मात्र आन्तरिक उत्पादनको खपत हुने गरेको छ।

४० प्रतिशत फलफूल तथा तरकारी भारतबाट आयत हुने गरेको छ। खुर्सानी, कागती जस्ता बस्तुहरु सबैजसो भारतबाट नै आयत हुने गरेको विभागको तथ्याङ्कमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .