ad ad

समाज


सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

गोकुल जोशी
चैत ३०, २०७७ सोमबार ५:२३,

कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुष संक्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार ती संक्रमितमा आइतबार मात्रै कोरोना पुष्टि भएको थियो।

‘उहाँ हिजो संक्रमण पुष्टि भएपछि राति ८ बजे अस्पताल भर्ना हुनु भएको थियो। भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो’ सूचना अधिकारी श्रेष्ठले भने, ‘तर बचाउन सकिएन। शव व्यवस्थापनको लागि नेपाली सेनालाई खबर गरेका छौं।’

उनका अनुसार मृतक संक्रमितमा कडा खाले निमोनिया देखिएको थियो। श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

उनी फागुन पहिलो साता भारतबाट नेपाल फर्किएको खुलेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .