ad ad

समाज


प्रदेश २ मा होली हिजै सकिए पनि सार्वजनिक बिदा आजसम्म !

प्रदेश २ मा होली हिजै सकिए पनि सार्वजनिक बिदा आजसम्म !

शैलेन्द्र महतो
चैत १७, २०७७ मंगलबार ६:६,

प्रदेश २ मा होली पर्व हिजै (सोमबार) सकिएको भए पनि त्यसका लागि दिइएको सार्वजनिक बिदा भने आज (मंगलबार) सम्म छ।

नेपालमा फागु पर्व पहाडी भेगमा फागु पूर्णिमाकै दिन मनाइन्छ भने तराईमा भोलिपल्ट। यसपालि फागु पूर्णिमा चैत १५ गते आइतबार परेको थियो। यस हिसाबले प्रदेश २ अर्थात् मिथिला क्षेत्रमा होली हिजो १६ गते सोमबार मनाइएको हो।

तर तराईमा होली मनाउने दिन मंगलबार वा बिहीबार पर्‍यो भने मांसाहारीले नमाउने चलन छ। कारण हप्ताका यी दुई बार उनीहरू मासु बार्ने गर्छन् भने अर्कातर्फ मासु नखाईकन होली नमनाउने परम्परा छ। जसले गर्दा होली मनाउने दिन मंगलबार वा बिहीबार पर्‍यो भने त्यसको पनि भोलिपल्ट होली मनाउने प्रचलन छ।

यसकारण तराईमा सरकारले हरेक वर्ष होलीका लागि भनेर पहिले २ दिन बिदा राख्ने गर्छ। तर यसपालि होली मनाउने दिन सोमबार परेकाले शाकाहारी र मांसाहारी दुवैका लागि अनुकूल भयो र होली हिजै सकियो। 

तर पहिले छुट्याएर राखिएका २ दिन बिदाअन्तर्गत बिदा आजसम्म जारी रहेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतका प्रेस संयोजक आतिश मिश्रले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .