ad ad

समाज


कोरोना संक्रमणबाट एक जनाको मृत्यु, देशभर एक हजार सक्रिय संक्रमित

कोरोना संक्रमणबाट एक जनाको मृत्यु, देशभर एक हजार सक्रिय संक्रमित

नेपालखबर
चैत ५, २०७७ बिहिबार १४:४४,

देशभर पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार २५४ जनाको स्वास्थ्य परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। त्यस्तै पछिल्लो समय कोरोनाका कारण एक जनाको मृत्यु भएको छ।

आजसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ७५ हजार ६२५ पुगेको छ। त्यस्तै पछिल्लो समय थप १०७ जना निको भएका छन्।

योसँगै निको हुनेको संख्या दुई लाख ७१ हजार ६१० रहेको छ। निको हुने दर भने ९८ दशमलव ५ प्रतिशत रहेको छ।

अहिले देशभर एक हजार सक्रिय संक्रमित छन्। उनीहरुमध्ये ५२ जना क्वारेन्टिनमा रहेका छन्। अन्य आइसोलेशनमा रहेका छन्।

हालसम्म नेपालमा २२ लाख २७ हजार ५४७ को पीसीआर परीक्षण भएको छ। हालसम्मा तीन हजार १५ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .