बैतडीमा गोली प्रहार गरी शनिबार साँझ एक जनाको हत्या गरिएको छ।
जिल्लाको पुर्चौडी नगरपालिका–१० विजयपुरमा बुवाले गोली प्रहार गरेर आफ्नै छोरीको हत्या गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकसिंह धामीका अनुसार बिजयपुरका ६५ वर्षीय धन बहादुर महराले २० वर्षीया छोरी लक्ष्मी महराको गोली प्रहार गरेर फरार भएका छन्।
‘गोली प्रहार गरी हत्या गरेर फरार भएको जानकारी आएको छ। जानजकारी आएसँगै प्रहरी प्रहरी टोली त्यसतर्फ गएको छ’ प्रहरी निरीक्षक धामीले भने, ‘घटनास्थल टाढा रहेकाले भौगोलिक विकटताले प्रहरी अहिलेसम्म पुग्न सकेको छैन्। थप जानकारी आउन सकेको छैन।’
प्रहरी चौकी धामी गाउँबाट प्रहरी टोली घटनास्थल गएको हो। बैतडीमा यसअघि बिहीबार बेलुका विद्यालयबाट घर फर्किरहेकी दोगडाकेदार गाउँपालिका–७ कतोलाकी १७ वर्षीया भागरथी भट्टको हत्या गरेर फालिएको अवस्थामा जंगलमा शव भेटिएको थियो।
प्रतिक्रिया