ad ad

कला


कल्पना चिलुवालको पहिलो कविता संग्रह ‘चुल्ठो’ सार्वजनिक

कल्पना चिलुवालको पहिलो कविता संग्रह ‘चुल्ठो’ सार्वजनिक

नेपालखबर
माघ २४, २०७७ शनिबार १४:३७,

युवा कवि कल्पना चिलुवालको पहिलो काव्यकृति ‘चुल्ठो’ सार्वजनिक भएको छ।

शनिबार काठमाडौँको मण्डला थिएटरमा लेखक उज्वल प्रसाईं, राजनीतिकर्मी मानुषी यमि र कवि चिलुवालले संयुक्त रुपमा कृतिको विमोचन गरेका हुन्।

विमोचनपछि कृतिबारे बोल्दै लेखक प्रसाईंले चिलुवालका कविताले वर्तमान समाजप्रति असन्तुष्टि व्यक्त गरेको बताए। उनले केही कवितामा बजारलाई खल चरित्रका रुपमा प्रस्तुत गरिएको बताए। उनले कवितमा समाजका वैचनी, घृणालाई प्रस्तुत गरिएको बताए।

‘चुल्ठो अहिले समाजमा देखिएका अनेका खालका घृणा, बैचैनीका बीचमा फूलेको सुन्दर फूल हो’, प्रसाईंले भने, ‘यसमा कहीँ कही आशा देखाउने, कहीँ प्रतिरोध गर्ने, र समाजमा भएका गडबडी औल्याउने काम गरिए छ। समाजकाे त्यही गडबढी बुझ्न सघाउने कृति चुल्ठो हाे।' उनले चिलुवालका कविताले पर्यावरणको चिन्ता  पनि व्यक्त भएको बताए।

अर्की वक्ता मानुषी यमिले चिलुवालका कविताले वर्गीय पक्षघरतालाई दह्राे गरी उठाएको बताइन्। चिलुवालका कविता वैचारिक र कलात्मक दुवै हिसावले उत्कृष्ट रहेको उनकाे भनाइ थियो।उनले चुल्ठो संग्रहमा संकलित सबै कवित सरल र बोधगम्य भएको बताइन्।

कवियत्री चिलुवालले आफ्नो कृति पाठकबीच ल्याउन पाउँदा खुसी लागिरहेको बताइन्।

बेला पब्लिकेसन्सले प्रकाशन गरेको चुल्ठोमा चिलुवालका छानिएका  ५५ कविताहरु संगृहीत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .