ad ad

राजनीति


मिडियासँग प्रचण्डको आग्रह : सबै उस्तै हुन् भनिदिनुभयो भने हामीमाथि अन्याय हुन्छ

मिडियासँग प्रचण्डको आग्रह : सबै उस्तै हुन् भनिदिनुभयो भने हामीमाथि अन्याय हुन्छ

नेपालखबर
माघ २४, २०७७ शनिबार १४:६,

प्रचण्ड नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका दुवै समूह उस्तै उस्तै हुने भनिए आफूहरुमाथि अन्याय हुने बताएका छन्।

शनिबार मिडिया एलाइन्ससँगको छलफलमा अध्यक्ष प्रचण्डले आफूहरु अहिले प्रधानमन्त्री बन्न नभई संविधान बचाउनका लागि लडेको बताए। उनले प्रधानमन्त्री ओलीले पदका लागि संविधानलाई कुल्चने काम गरेको आरोप लगाए।

‘म तपाई मिडिया क्षेत्रमा काम गर्नै सबै वरिष्ठ व्यक्तिहरुसँग के अनुरोध गर्दछु भने सबै उस्तै उस्तै हुन भनिदिनुभयो भने तपाईंहरुले हामी त ठूलो अन्यायमा पर्छौँ’, प्रचण्डले भने, ‘हामीले अहिले लडेको लडाईं हाम्रो हो र?, प्रधानमन्त्री हुनका लागि लडिएको हो र? तपाईहरुलाई त्यस्तो लागेको छ भने त्यो सत्य होइन।’

उनले आफूहरु संविधानको रक्षा कसरी गर्ने, लोकतान्त्रिक प्रणाली कसरी बचाउने होला भन्ने चिन्तामा रहेको बताए।

उनले प्रधानमन्त्री ओली पार्टीमा मात्रै अल्पमतमा परेको नभई संसदमा पनि उनको विरुद्ध दुई तिहाइ मत रहेको बताए।

उनले प्रधानमन्त्रीले पार्टीले दुःख दियो भन्दै हिँडेको भन्दै कहाँ दुःख दिइयो भन्ने कुरा देखाउन चुनौती दिए।

‘उहाँ पार्टीले दुःख दियो भन्नुहुन्छ, कसैले देखाउन सक्छ हामीले कहाँ दूःख दियाँै भनेर’, उनले भने, ‘हामीले उहाँको नीति तथा कार्यक्रम फेल गर्न खोज्यौँ कि? मन नपर्दा नपर्दै पनि बजेट पास हामीले सहयोग गरेनौँ कि? कुन कुरामा उहाँलाई हाम्ले बाधा पुर्‍यायौँ? पार्टीमा त छलफल हुनुपर्‍यो नि।’

उनले ओली संघीयता त र गाणतन्त्रको विरोधी भएको थाहा हुँदा हुँदै पनि विश्वास गर्नु आफूहरुको कमजोरी भएको बताए। उनले लोकतन्त्र बहुमतको शासन भएको र त्यो आफूहरुसँग भएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .