ad ad

समाज


अरब र बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव, शनिबार रातिसम्म मौसम बदली र वर्षाको सम्भावना

अरब र बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव, शनिबार रातिसम्म मौसम बदली र वर्षाको सम्भावना

नेपालखबर
माघ १, २०७७ बिहिबार १५:२४,

हाल देशमा दक्षिणपूर्वी अरब र पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको  प्रभाव रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। अहिले पहाडी भेगमा माैसम आंशिक बदली छ।

महाशाखाका अनुसार आज राति प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा माैसम आंशिकदेखि सामान्यसम्म बदली तथा देशका अन्य क्षेत्रमा आंशिक बदली हुने देखिन्छ। प्रदेश नं १ का एक-दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ। 

महाशाखाले बिहीबार साँझ ६ बजे प्रकाशन गरेकाे आगामी तीन दिनको मौसम पूर्वानुमान 

माघ १ गते (बिहीबार)

राती : प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली हुने देखिन्छ।  प्रदेश नं १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

माघ २ गते (शुक्रबार)

दिउँसो :  प्रदेश नं १, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : गण्डकी प्रदेशमा आंशिक बदली अनि प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही  देशका अन्य भूभागमा आंशिक बदली रहने देखिन्छ।

माघ ३ गते (शनिबार)

दिउँसो :  प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहनेछ भने प्रदेश २, बागमती र गण्डकी  प्रदेशमा आंशिक बदली रहनेछ र बाँकी प्रदेशमा सामान्यतया सफा रहने देखिन्छ। प्रदेश नं १ का  एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका  एक-दुई स्थानमा हल्का वर्षा र उक्त प्रदेशका उच्च हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .