ad ad

समाज


ट्राफिक प्रहरीले राख्न थाल्यो सडक बत्ती

ट्राफिक प्रहरीले राख्न थाल्यो सडक बत्ती

नेपालखबर
पुस २३, २०७७ बिहिबार १४:३२,

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिभिन्न संघ संस्थाको समन्वयमा सडक बत्ती राख्न थालेको छ।

कोटेश्वर कलंकी सडक खण्डमा सवारी दुर्घटनाको सख्या बढेसँगै ट्राफिक महाशाखाले त्यसको कारण खोजी गरेको थियो। सवारी दुर्घटनाको कारणहरु मध्ये तिब्र गति र अध्याँरो सडकको कारण बढी दुर्घटना भएको हुन सक्ने तथ्यलाई मध्यनजर गर्दै महाशाखाले दुर्घटना न्युनिकरणको उपाय निकालेको हो।

विशेषगरी रातको समयमा सडक बत्तीको अभावले अध्याँरोको कारण जेब्राक्रसिङ तथा जथाभावी बाटो काट्ने क्रममा दुर्घटनाको जोखिम उच्च रहेको हुनाले बिभिन्न संघसंस्थाहरुसँग समन्वय गरि त्यस्ता स्थानहरुमा स्ट्रिट लाइट जडान गर्न थालिएको हो।

साथै तिब्र गतिका कारण हुने दुर्घटना न्युनिकरण गर्न उक्त सडक खण्डका बढि दुर्घटना जोखिम रहेको स्थानहरुमा रातको समयमा समेत टल्किने पीसीभी ट्राफिक कोणद्वारा स्पिड ब्रेकर बनाई गति नियन्त्रण गरिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए।

रातको समयमा दुर्घटनामा परि जनधनको क्षति हुने गरेको तथ्यलाई लक्षित गर्दै महाशाखाले सडक बत्ती र टल्किने ट्राफिक कोण राख्न सुरु गरेको हो।

जाडो मौसम सुरु भएसँगै केही समययता दुर्घटनाको जोखिम बढेको र बढी दुर्घटना हुन सक्ने स्थानहरुको पहिचान गरि त्यस्ता स्थानहरुमा ट्राफिक महाशाखाले स्थानीय संघ संस्था तथा समाजसेवीहरुसँग समन्वय गरि सडक बत्ती जडान र टल्किने ट्राफिक कोण राख्न सुरु गरिएको महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।

उक्त सडक खण्डकोको बीएण्डबी अगाडि, स्टार अस्पताल अगाडि, सानेपा, बल्खु सुमो पार्क, खसी बजार, सिता पेट्रोल पम्प, भालेश्वर अटो वर्कसप, कलंकी लगायतका स्थानहरुमा सडक बत्ती जडान गरेको छ। साथै उक्त सडक खण्डको बिभिन्न १४ स्थानमा गति नियन्त्रण गर्न टल्किने कोणहरु समेत राखिएको र यसलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .