ad ad

समाज


हेल्पलाइन नम्बरबाटै अब गर्भपतन र परिवार नियोजनबारे जानकारी लिन सकिने

हेल्पलाइन नम्बरबाटै अब गर्भपतन र परिवार नियोजनबारे जानकारी लिन सकिने

नेपालखबर
पुस २०, २०७७ सोमबार ६:५८,

परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवा प्रदान गर्न सुनौलो परिवार नेपाल-मेरी स्टोप्स् नेपालले एक छोटो कोड तथा निःशुल्क हेल्पलाइन नम्बर “११४३” सुचारु गरेको छ।

सुनौलो परिवार नेपाल-मेरी स्टोप्स् नेपालले परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ। यस्ता सेवाहरूले संयोगले नभई रोजाईले बच्चा जन्माउने अवसर प्रदान गर्दै आएको छ।

उक्त संस्थाले भनेको छ, ‘हाम्रो ११४३ हेल्पलाइन नम्बरले परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना प्रदान गर्छ भने महिलाहरूलाई आफ्नो रोजाईमा प्रजननसम्बन्धी निर्णय लिन सहयोग गर्दछ।’

सुनौलो परिवार नेपाल÷मेरी स्टोप्स् नेपाल यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रदान गर्ने संगठनहरूको विश्वव्यापी साझेदारीका रुपमा रहेको र सन् १९७६ मा स्थापित मेरी स्टोप्स् इन्टरनेसनलको नेपालका लागि समर्पित संस्था हो।

११४३ ले “म तिमीलाई प्रेम गर्छु” भन्ने बुझाउँछ। यसले प्रियजनहरू प्रति रहेको तपाईंको माया र प्रेमको प्रतिनिधित्व गर्दछ भने आफ्नो प्रियजनहरूको रोजाई प्रतिको तपाईको साथलाई पनि जनाउँछ।

११४३ मा जो कोहीले मेरी साथी काउन्सेलरहरूसँग कुरा गर्न सक्नेछन्। उनीहरूले जानकारी माग्नेलाई प्रजननसम्बन्धी रोजाइका बारेमा मार्गनिर्देशन दिने मेरी स्टोप्सले जनाएको छ। “मेरी साथी” ले सन् २०११ देखि परामर्श सेवाहरू प्रदान गर्दै आएको छ। यी सेवाहरू हरेक दिन बिहान ७ बजे देखि राति १२ बजे सम्म खुला रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .