ad ad

खेल


बिगबास लिगः सन्दीपको टोली हरिकेन्सलाई जितका लागि १८४ रनको लक्ष्य

बिगबास लिगः सन्दीपको टोली हरिकेन्सलाई जितका लागि १८४ रनको लक्ष्य

नेपालखबर
पुस २०, २०७७ सोमबार ६:५२,

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सम्मिलित होबर्ट हरिकेन्सले जितका लागि १ सय ८४ रनको बलियो लक्ष्य पाएको छ।

अष्ट्रेलियामा जारी बिगबास लिग क्रिकेटमा हरिकेन्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मेलवर्न स्टार्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८३ रनको विशाल योगफल तयार पारेको हो।

मेलवर्नका माक्युर्स स्टोईनिसले उत्कृष्ट पारी खेले। स्टोईनिस ९७ रनमा अविजित रहे। ५५ बलको सामना गरेका स्टोईसिनले ७ चौका र ७ छक्का प्रहार गरे।

आडम जम्पा शुन्य रनमा नटआउट रहे। हिल्टन कार्टराईट ३६, निकोलस पुरनले २६ र आन्द्रे फ्लेचरले १० रन जोडे।

बिगबास लिगमा दोस्रो खेल खेलिरहेका सन्दीपले आजको खेलमा १ विकेट लिएका छन्। छैटौ ओभरमा बलिङ गर्न आएका सन्दीपले ३ रन खर्चेका थिए। आफ्नो दोस्रो ओभरमा सन्दीपले ग्लेन म्यासवेलको विकेट लिए।

खेलको आठौं ओभरको दोस्रो बलमा सन्दीपले म्याक्सवेललाई ६ रनमा एलबी डब्लु आउट गरे। लामिछानेले आफ्नो स्पेलमा ३६ रन खर्चेर १ विकेट लिए। हरिकेन्सका लागि नाथल एलिसले ३ तथा रिले मेरिडिथले २ विकेट लिए।

हरिकेन्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .