सुनको मूल्य आज प्रतितोला आठ सय रुपैयाँ महंगो भएको छ। नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ।
अघिल्लो दिन छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज तेजाबी सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ। हिजो यो सुन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो।
आज चाँदी चाँदीको भाउ पनि २५ रुपैयाँले बढेको छ। अघिल्लो दिन १३ सय रुपैयाँ प्रतितोला कारोबार भएको चाँदी आज १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया