ad ad

समाज


थाइल्याण्ड बस्ने नेपाली महिलाको नग्न तस्बिर र भिडियो पोर्न साइटमा अपलोड गर्ने व्यक्ति पक्राउ

थाइल्याण्ड बस्ने नेपाली महिलाको नग्न तस्बिर र भिडियो पोर्न साइटमा अपलोड गर्ने व्यक्ति पक्राउ

नेपालखबर
पुस ९, २०७७ बिहिबार ७:५८,

पोर्न साइटमा नेपाली महिलाको नग्न तस्बिर अपलोड गरेर रकम माग गर्ने व्यक्ति पक्राउ परेका छन्।

नेपाल प्रहरीको साइवर ब्युरोले आफ्नै महिला साथीको नग्न तस्बिर पोर्नसाइटमा अपलोड गरेर रकम बार्गेनिङ गर्ने मकवानपुरको हेटौडा उपमहानगरपालिका ४ पारिजात पथका ३६ वर्षीय अस्लम अन्सारीलाई पक्राउ गरेको हो।

उनले आफ्नै महिला साथीको तस्बिर पोर्न साइटमा अपलोड गरेर एक हजार ९८ अमेरिकन डलर माग गरेको साइबर ब्युरोले जनाएको छ।

मकवानपुर घर भएकी ती महिला हाल थाइल्याण्ड बस्दै आएकी छन्।

अन्सारीले सामाजिक सञ्जालमा फेक आइडी बनाएर उनलाई अस्लिल सामाग्रि समेत पठाएर हैरानी दिने गरेका थिए।

महिलाका तस्बिर र भिडियो पोर्नसाईटहरुबाट हटाउनको लागि पछि रकम माग गरेका थिए। अन्सारीलाई विद्युतीय कारोबार ऐनअन्तर्र्गत कारबाही अगाडि बढाएको छ।

यस्तै सामाजिक सञ्जाल फेसबुकबाट युवतीका आफन्तलाई यौनजन्य, अश्लील सन्देश तथा तस्विर पठाउने, यौन अश्लीलतायुक्त अनर्गल सामग्री पोष्ट गरी अपमान गर्ने अर्का व्यक्ति पनि पक्राउ परेका छन्।

गोरखा, सुलिकोट गाउँपालिका ५ बारपाक घर भई हाल ललितपुर गोदावरी नगरपालिका ११ चापागाउँ बस्ने २० वर्षीय रोलक बहादुर थापा पनि पक्राउ परेका छन्।

उनीमाथि पनि ब्युरोले कारबाही अगाडि बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .