ad ad

राजनीति


भारतमा कांग्रेस नेतृ प्रियंका गान्धी गिरफ्तार

भारतमा कांग्रेस नेतृ प्रियंका गान्धी गिरफ्तार

नेपालखबर
पुस ९, २०७७ बिहिबार ७:५५,

बिहीबार राष्ट्रपति भवनमा जाने क्रममा प्रियंका गान्धीसहित अन्य केही नेतालाई प्रहरीले गिरफ्तार गरेर हिरासतमा लिएको बताइएको छ।

यद्यपी उनीहरुलाई केहीबेरमै छाडिने भारतीय संचार माध्यमले जनाएका छन्।

भारतमा नयाँ कृषि कानूनलाई लिएर किसान र केन्द्र सरकारबीच गतिरोध जारी रहेको अवस्थामा किसानको हक र हितको लागि भन्दै कांग्रेससहित विपक्षी पार्टीहरुले आवाज उठाउँदै आएका छन्।

Priyanka Gandhi detained during march to Rashtrapati Bhawan

भारतीय संचारमाध्यमका अनुसार बिहीबार राष्ट्रपति भवनमा पुग्ने मार्चपासलाई कांग्रेसका वरिष्ठ नेता तथा पूर्व अध्यक्ष राहुल गान्धीले नेतृत्व गरेका थिए।

प्रहरीले यस मार्चपासलाई अवैधानिक भनेको छ। कांग्रेस नेताहरुले कृषि कानूनहरुविरुद्ध २ करोड व्यक्तिको हस्ताक्षर संकलन गरेर राष्ट्रपतिलाई बुुझाउन लागेका थिए। सोही क्रममा नेतृ गान्धी पक्राउ परेकी हुन्।

अहिले राष्ट्रपति भवनमा केही प्रतिनिधिलाई मात्र पस्न दिइएको बताइएको छ।

भारतमा नयाँ कानुनका कारण आफूहरु आफ्नो उत्पादन लागतभन्दा कम मूल्यमा बेच्न बाध्य हुने किसानहरुको भनाइ छ।

कानुनले कृषि उत्पादन खरिद गर्ने कर्पोरेट संस्थाहरुलाई बलियो बनाउने र किसानले आफ्नो अन्नको भाउ नपाउने उनीहरु बताउँछन्।

यसअघि किसानले होलसेल बजारमा आफ्नो उत्पादन बेच्थे जहाँ मूल्य तोकिएको हुन्थ्यो।

यस कानुनले कर्पोरेट संस्थाका कारण आफूहरु मारमा पर्ने साना खेतीपातीमा लागेका किसानहरु बताउँछन्। उनीहरुले तोकिएको मूल्य पनि पाउन नसकिने त्रास रहेको बताइरहेका छन्।

तर सरकारले भने त्यस्तो नहुने बताइरहेको छ। आन्दोलन चर्किदै गएपछि सरकारले किसानहरुसँग पटक पटक वार्ता पनि गरेको छ। तर वार्ता परिणममुखी हुन सकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .