ad ad

समाज


माडीमा खोला थुनिएर ताल बन्दै

माडीमा खोला थुनिएर ताल बन्दै

नेपालखबर
पुस ६, २०७७ सोमबार १५:५३,

पहाड झरेर थुनिएको माडीको परुइ खोलाको पहिरो पन्छाउने काम थालिने भएको छ।

पुस १ गते सोमेश्वर पर्वत श्रृङ्खलामा पर्ने एउटा डाँडो भत्कँदा खोला पुरिएको थियो। माडी नगरपालिका वडा नं‍ ७ र ८ को सिमानामा पर्ने परुइ खोलाको ५०० मिटर क्षेत्र २० मिटरभन्दा बढी उचाइसम्म पुरिएको छ। माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले थुनिएको खोलामा पानी भरिँदै गएमा वर्षात्मा एकै साथ फुटेर ठूलो नोक्सान हुन सक्ने बताए।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहितको विपद् व्यवस्थापन समितिको टोलीले आज सो क्षेत्रको स्थलगत अध्ययन तथा अनुगमन गरेको छ।

अध्ययन तथा अनुगमनपछि नगर प्रमुख ढकालले तत्काल जेसिवी लगेर खोला खोल्ने काम शुरु गर्ने निर्णय भएको जानकारी दिए। नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा नगरपालिकाको प्राविधिक टोलीले काम थाल्ने उनले बताए।

उनले भने, ‘जेसिवी लगेर काम गर्न सकिन्छ वा सकिदैन यसै भन्न सकिदैन तर हामी प्रयास गर्दैछौँ।’

खोला थुनिएको ढिस्को कमजोर र गढ्न सक्ने भएकाले जेसिवीबाट काम गर्न कठिन छ।

अहिले पहिराले थुनेको ठाउँमा तीन मिटर हाराहारी पानी छ। ढकालका अनुसार वर्षात्को समयमा पानी थुनिएर पहिरो फुटेमा माडी नगरपालिकाका वडा नं ५, ८ र ९ बाहेकका सबै वडामा प्रभाव हुनेछ। सम्भावित क्षति न्यूनीकरणका लागि तत्काल समस्याको समाधानको खोजी गर्न लागिएको उनको भनाइ छ।

खोला थुनिएको क्षेत्रमा निकै अग्लो बाँध बनेको छ। खोला थुनिएपछि तल्लो क्षेत्रमा खानेपानी र सिँचाइका लागि संकट शुरु भएको स्थानीयवासीको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .