ad ad

समाज


आठवटा जीवित सुनगोहोरो र चितुवाको टाउकोसहित दुई जना पक्राउ

आठवटा जीवित सुनगोहोरो र चितुवाको टाउकोसहित दुई जना पक्राउ

नेपालखबर
पुस १, २०७७ बुधबार ९:१०,

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंबाट संरक्षित वन्यजन्तु र आखेटोपहारसहित दुई जनालाई पक्राउ गरेको छ।

टोखा नगरपालिका–२ चण्डेश्वरीबाट प्रहरीले आठवटा जीवितै सुनगोहोरो (सरिसृप) र चितुवाको टाउको बरामद गरेको हो।

संरक्षित वन्यजन्तु र आखेटोपहार अवैधरुपमा किनबेच हुन लागेको विशेष सूचनाका आधारमा महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले बेच्न लागिएका वस्तुसहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोरङको कानेपोखरी नगरपालिका–१ घर भइ हाल काठमाडौंको टोखा बस्ने वर्ष ४१ को भेषबहादुर थापा र तेह्रथुमको लालिगुँरास नगरपालिका–४ घर भइ सो ठाउँ बस्ने वर्ष ४६ को डिल्लीमान पौडेल रहेका छन्।

प्रहरीले उद्धार गरेका जीवित सुनगोहोरो तथा आखेटोपहारसहित पक्राउ गरिएका व्यक्तिलाई आवश्यक कानूनी कारवाहीको लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालय बुढानिलकण्ठमा बुझाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .