ad ad

राजनीति


बैठकको एजेन्डाबारे विवाद भएपछि महासचिवसहित ओली–प्रचण्ड फेरि छलफलमा

बैठकको एजेन्डाबारे विवाद भएपछि महासचिवसहित ओली–प्रचण्ड फेरि छलफलमा

नेपालखबर
पुस १, २०७७ बुधबार ९:१५,

सत्तारुढ नेकपाको स्थायी समिति बैठकको एजेन्डाबारे दुई अध्यक्षबीच नै विवाद भएपछि त्यसबारे छलफल गर्न दुई अध्यक्ष र महासचिवबीच फेरि छु्ट्टै छलफल सुरु भएको छ।

आज बुधबार १ बजेका लागि बोलाइएको स्थायी समिति बैठक बस्नुअघि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव बिष्णु पौडेलबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो।

सो छलफलमा प्रधानमन्त्री ओलीले बैठकमा दुई अध्यक्षले यसअघि पार्टी सचिवालयमा पेस गरेका प्रतिवदेनमाथि छलफल हुने भए आफू त्यसमा सहभागी नहुने बताएपछि बैठक हुन सकेको छैन।

लामो समय बैठक हुने नहुने अन्यौलमा सदस्यहरु बालुवाटारमै पर्खिरहेका छन्।

यसैबीच दुई अध्यक्ष र महासचिव फेरि आपसी छलफलमा बसेका हुन्।

‘दुई जना अध्यक्ष र महासचिव फेरि छलफलका लागि बैठक बस्नुभएको छ, हामीहरु पर्खिरहेकै छौं,’ बैठकस्थलमा रहेका एक स्थायी समिति सदस्यले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .