ad ad

समाज


गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८६ पुग्यो

गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८६ पुग्यो

नेपालखबर
पुस १, २०७७ बुधबार ९:५,

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाका दुई पुरुषको मंगलबार बेलुका र बुधबार बिहान मृत्यु भएको हो।

निर्देशनालयका निर्देशक डा. विनदोविन्दु शर्माका अनुसार पोखरा–१२ का ८४ वर्षीय वृद्धको फिस्टेल अस्पताल पोखरामा उपचारको क्रममा बुधबार बिहान ५ः४५ बजे मृत्यु भएको हो। ती पुरुषमा मंसिर २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै पोखरा–१ का ७६ वर्षीय पुरुषको मंगलबार राति १०ः२० बजे मृत्यु भएको छ। उनमा मंसिर २५ गते कोरोना संक्रमण पुष्टि भएपछि फिस्टेल अस्पतालमा उपचारका लागि भर्ना गरिउको थियोती पुरुष मधुमेह र मिर्गौलासम्बन्धी रोगबाट समेत पीडित रहेको निर्देशक शर्माले जानकारी दिए।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८६ पुगेको छ।

त्यस्बै प्रदेशमा बुधबार थप ६१ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देेशनालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .