ad ad

समाज


अमेरिकामा कोरोनाविरुद्धको खोप लगाउन सुरु, कुन खोप लगाइँदै छ त्यहाँ?

अमेरिकामा कोरोनाविरुद्धको खोप लगाउन सुरु, कुन खोप लगाइँदै छ त्यहाँ?

नेपालखबर
मंसिर २९, २०७७ सोमबार ०:३८,

कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित भएको मुलुक अमेरिकामा आज (सोमबार) देखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ। खोप लगाउनका लागि आइतबारदेखि ढुवानी सुरु गरिएको थियो।

विश्व स्वास्थ्य संग्ठनले आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न अनुमति दिइएको फाइजर बायोएनटेक खोप अमेरिकामा पनि सर्वसाधारणलाई लगाउन थालिएको हो।

यो खोप लगाउन सबैभन्दा पहिला बेलायतले अनुमति दिइएको थियो। त्यसपछि बहराइन, क्यानडा, साउदी अरबलगायतका देशले पनि प्रचलनमा ल्याउने निर्णय गरेका थिए।

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सङ्क्रमित भएर १६ लाख मानिसको मृत्यु भएपछि सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा खोपको प्रयोग सुरु गरिएको हो।

यो खोप ७० डिग्री सेल्सीयसको तापक्रमसहितको विषेश अवस्थामा मात्रै राख्न सकिने स्वास्थ्यकर्मीहरूले बताएका छन्। ‘अत्यावश्यक परेका सवैलाई खोप उपलब्ध गराइने खोप वितरण तथा व्यवस्थापन कार्यमा खटिएका अमेरिकी अधिकारीहरुले जनाएका छन्।। यो साता तीन करोड मात्रा खोप सबै राज्यहरूमा पठाइने छ।

दैनिक मृतकहरूको सङ्ख्या उच्च हँुदै गएपछि अमेरिकाले खोप प्रयोगमा हतार गरेको हो । गत शनिबार मात्रै अमेरिकामा एकैदिनमा ३ हजार ३०९ जनाको मृत्यु भएको थियो। यो सङ्ख्या अमेरिकामा एकैदिनमा कोरोनाका कारण मृत्यु भएकाहरूको सवैभन्दा धेरै हो । त्यसैगरी यो सङ्ख्या विश्वमै पनि कोरोनाका कारण एकैदिनमा मृत्यु भएकाहरूको सबैभन्दा धेरै सङ्ख्या भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।

केही समय कम देखिएको मृतकको सङ्ख्या अमेरिकामा पछिल्ला केही दिनदेखि फेरी बढ्दै गइरहेको छ। मृतक र सङ्क्रमितहरूको सङ्ख्यामा अत्यधिक वृद्धि भएपछि अमेरिकाले गत शनिबार यो खोप प्रयोगमा ल्याउने निर्णय गरेको थियो।

पहिलो दिन सोमबार १४५ स्थानमा खोप प्राप्त हुनेछ भने मङ्गलबार ४२५ स्थानमा र बुधबार ६६ स्थानमा खोप दिइने अधिकारीहरूले जनाएका छन्। पहिलो चरणको वितरण सकिएपछि केही दिनमै दोस्रो चरणको वितरण पनि शुरु गरिने र यसले धेरैको ज्यान जोगाउने उनीहरूको विश्वास छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .