ad ad

समाज


नेपालमा ९४.९ प्रतिशत कोरोना संक्रमणमुक्त

नेपालमा ९४.९ प्रतिशत कोरोना संक्रमणमुक्त

नेपालखबर
मंसिर २९, २०७७ सोमबार ०:११,

नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या बढ्दै गएको छ।

पछिल्लो २४ घण्टामा एक हजार पाँच जना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट मुक्त हुनेको संख्या ९४.९ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले गएको २४ घण्टामा देशभरका प्रयोगशालामा पाँच हजार १८१ नमूना परीक्षण गर्दा थप ८३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए।

योसँगै नेपालमा कूल संक्रमितको संख्या दुई लाख ४८ हजार ४२३ पुगेको छ भने दुई लाख ३५ हजार ७३१ जना सङ्क्रमणमुक्त भएका छन्।

हालसम्म संक्रमणबाट नेपालमा एक हजार ६९८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। हाल देशभर १० हजार ९९४ जना सक्रिय सङ्क्रमित छन्।

विश्वमा सात करोड २१ लाख ७४ हजार ५८ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । त्यसमा निको हुनेको सङ्ख्या पाँच करोड, पाँच लाख ६२ हजार ९३८ पुगेको वल्र्डओमिटरले जनाएको छ।।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .