ad ad

राजनीति


नेपाल भ्रमण चाखलाग्दो र कार्यक्रमले भरिपूर्ण

नेपाल भ्रमण चाखलाग्दो र कार्यक्रमले भरिपूर्ण

डा. विजय चौथाइवाले
मंसिर २९, २०७७ सोमबार ०:७,

म लामो समयदेखि काठमाडौं भ्रमणको पर्खाइमा थिएँ। तर कोरोना महामारीका कारण ढिला भयो। नेपालको राजनीतिक अवस्थाका कारण यो समय नेपाल भ्रमण गर्नु उचित हो वा होइन भन्ने विषयमा पनि केही छलफल भएको थियो। नेपालका अर्थमन्त्री तथा नेकपाका महासचिव विष्णु पौडेल र मबीच पछिल्लो ५ वर्षदेखि निरन्तर मित्रवत् कुराकानी भइरहेको छ। उहाँले पनि म नेपाल आओस् भन्ने चाहनुभएको थियो। अन्ततः नेपाल जाने निर्णय गरेँ।

मैले बिहीबार र शुक्रबार (डिसेम्बर १० र ११) नेपालको भ्रमण गर्ने दिन किन रोजेँ भन्ने विषयमा कुनै विशेष कारण छैन। कोरोनाका कारण काठमाडौं-दिल्ली प्रत्यक्ष उडान छैन। त्यसैकारण एउटा तरिका नेपाली सीमा नजिकैको भारतीय सहरसम्म विमान जाने, स्थलमार्ग हुँदै नेपाल भ्रमण गर्ने र नेपालको अन्तरिक उडान प्रयोग गरेर काठमाडौं पुग्ने सोच बनाएँ।

त्यसैले मैले दिल्ली-गोरखपुर उडान गर्ने, नेपाली सीमा पार गर्दै भैरहवा जाने र त्यसपछि काठमाडौंको उडान गर्ने निर्णय गरेको थिएँ। तर त्यो दिन (बुधबार) मलाई भाग्यले साथ दिएन। बिहान ८ बजेर ५० मिनेटमा मेरो फ्लाइट थियो। गोरखपुरमा बाक्लो कुहिरो लागेका कारण फ्लाइट ३ घण्टा ढिला भयो। अन्ततः मेरो विमान उड्यो तर अवतरण हुनुअघि गोखरपुरको आकाशमा ४० मिनेट चक्कर लगायो। त्यसपछि पार्किङ स्लटको अभावका कारण टर्माकमा २० मिनेट प्रतिक्षा गर्नुपर्‍यो।

मैले भैरहवाबाट काठमाडौं जाने विमान साढे २ बजे चढ्नुपर्ने थियो। मैले साढे ५ बजेको अर्को फ्लाइट बुक गरेँ र गोखरपुरबाट कारमा चढेँ। नेपाल-भारत सीमा पुग्दा मलाई कुहिरोका कारण भैरहवाका सबै उडान रद्द भएको बताइयो। त्यसैले मेराक लागि दुइटा विकल्प मात्र थिए। कि भैरहवामा राति बसेर अर्को दिनको उडान प्रतीक्षा गर्ने कि कारबाट काठमाडौं जाने। अर्को दिन पनि उडान हुन्छ भन्ने कुनै निश्चित थिएन, मलाई रिसिभ गर्न आउनुभएका मेरा साथी र मैले रातिको खाना खाएपछि राति करिब ८ बजे काठमाडौंको यात्रा सुरु गर्‍याैँ।

काठमाडौ-भैरहवाको दूरी २ सय ७० किलोमिटर छ। सबैले काठमाडौं पुग्न ७ घण्टा लाग्ने बताए।तर मैले जानेसम्म यतिको खराब सडकको यात्रा कहिले पनि गरेको थिइनँ र देखेको पनि थिइनँ। सडकको अवस्था दयनीय थियो। थप, सडकमा भीड थियो भने बिग्रेका धेरैवटा ट्रकले गर्दा थप जाम भएको थियो।
तर अधिकतर सवारीसाधन नियमअनुसार चलाइने भएकाले गति बढाउने सम्भावना थिएन। त्यसैले अनुमान गरिएभन्दा दोब्बर समय झन्डै १४ घण्टा कार यात्रापछि काठमाडौं पुगेँ। शरीरका प्रत्येक हड्डीमा त्यसको असर देखिन्थ्यो।

योजनाअनुसार प्रधामन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुअघि राजदूत विनयमोहन क्वात्रा र विष्णु पौडेललाई भेट्नुपर्ने थियो। तर मैले त्यसलाई रिसेड्युल गरेँ। क्वात्रासँग छोटो भेटपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न ११ बजे हतारहतार उहाँको निवासमा पुगें। त्यसपछिका ३६ घण्टा एकपछि अर्को गर्दे भेटघाट गरियो।

मेलै सत्तारूढ दलबाट नेपालका प्रधानमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, पूर्वसभामुख, विपक्षी दल नेपाली कांग्रेसका सभापति र एक अर्का महत्वपूर्ण नेता तथा मधेसका क्षेत्रीय पार्टीका दुई महत्वपूर्ण नेतासँग भेट गरेँ। यसअतिरिक्त मैले संघका केही कार्यकर्ता र हाम्रा समर्थकलाई भेटें।

भैरहवा विमानस्थलमा कुहिरो लागिरहेकाले फर्किने विषयमा पनि प्रश्न भने रहिरह्यो। त्यसविपरीत पूर्व भद्रपुर गएँ, सीमा पार गर्दै बागडोग्रानजिकै रहेको क्षेत्रबाट भारत पसें र त्यसपछि दिल्लीको फ्लाइट गरें। भाग्यवश, यो समय भने प्रकृतिले पनि साथ दियो र योजनाअनुसार नै दिल्ली पुगें। वास्तवमा यो भ्रमण चाखलाग्दो र कार्यक्रमले भरिपूर्ण थियो। 

(भर्खरै ३ दिन नेपालको भ्रमण गरेर फर्किएका भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले नेपाली सञ्चारमाध्यमलाई उपलब्ध गराएकाे डायरी)

याे पनि :  काठमाडौंमा तीन दिनसम्म भेटघाटमा व्यस्त रहेका भाजपा नेताले किन भेटेनन् प्रचण्ड र नेपाललाई?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .