ad ad

समाज


प्रधानाध्यापकको घाँटी रेटी हत्या, ९ घण्टापछि बल्ल घटनास्थल पुग्यो प्रहरी

प्रधानाध्यापकको घाँटी रेटी हत्या, ९ घण्टापछि बल्ल घटनास्थल पुग्यो प्रहरी

उजिर कार्की
मंसिर २३, २०७७ मंगलबार ११:५१,

मोरङको मिक्लाजुङ गाउँपालिका १ बर्खेका राजेन्द्र श्रेष्ठको  घाँटी रेटेर हत्या गरिएको खुलासा भएको छ।

मंगलबार अपरान्ह प्रहरी घटनास्थलमा पुगेसँगै शिक्षकसमेत रहेका श्रेष्ठको अगाडिबाट घाँटी रेटेर हत्या भएको खुलेको हो।

यसअघि स्थानीयले जंगलमा शव फेला पारे पनि लुगाले ढाकिएका कारण छोएका थिएनन्। जसका कारण गोली हानेर वा अन्य कारणले हत्या भएको भन्ने खुलेको थिएन।

स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई मंगलबार बिहान करिब सवा ७ बजे ५ जनाको समूहले घरबाट उठाएर लगेको थियो।

अपरिचित व्यक्तिहरुले श्रेष्ठलाई अपहरण गरी सोही गाउँपालिका–१, बर्खे गाउँस्थित जंगलमा लगेर हत्या गरेको अवस्थामा स्थानीयले फेला पारेका थिए।स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलतर्फ गएको थियो।

 यो पनि : शिक्षक हत्या : पछाडि हात बाँधेर लगेका नकावधारीले मारेर जंगलमा छाडे

श्रेष्ठलाई अपहरण गरी सोही गाउँपालिका–१, बर्खे गाउँस्थित जंगलमा लगेर हत्या गरेको अवस्थामा स्थानीयले शव फेला पारेका थिए। स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलतर्फ गएको थियो।

बिकट र गाडीसमेत नजाने ठाउँ भएकाले पुग्न ढिलाइ भएको प्रहरीले जनाएको छ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काको कमान्डमा प्रहरी टोली पुगेको छ।

जंगलमा दुवै हात बाँधी अगाडिबाट घाँटी रेटेर हत्या भएको अवस्थामा उनको शव फेला पारेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न व्यक्तिहरुको विभिन्न स्थानहरुमा खोजी कार्य भइरहेको मोरङ प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .