ad ad

समाज


नेपालमा चालक पतिको मृत्यु भएपछि विदेशमा रहेकी युवतीले गरिन् आत्महत्या

नेपालमा चालक पतिको मृत्यु भएपछि विदेशमा रहेकी युवतीले गरिन् आत्महत्या

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार १:५५,

नेपालमा सवारी चालक रहेका आफ्ना पतिको मृत्यु भएको पिरले विदेशमा रहेकी एक युवतीले आत्महत्या गरेकी छन्।

दोलखाको गौरीशंकर गाउँपालिका-८, खरेका चालक सुबिन तामाङको गत आइतबार बोलेरो दुर्घटनामा परी मृत्यु भएको थियो। सोही रात युरोपियन मुलुक साइप्रसमा घरेलु कामदार रहेकी उनकी पत्नी २३ वर्षीया शुक्री तामाङले आत्महत्या गरेकी हुन्।

त्यहाँको प्रहरीको भनाइ उधृत गर्दै गैरआवासीय नेपाली संघ साइप्रसले जनाएअनुसार शुक्रीले टिकटक भिडियोमा आफ्ना आमाबुबा, सासूससुरासँग माफी माग्दै आफू पनि आफ्नो ‘मुटु’सँगै जान लागेको उल्लेख गरेकी छन्।

उनले टिकटकमा मृतक श्रीमानको दुर्घटनाग्रस्त तस्बिर राख्दै भनेकी छन्, ‘मिस यु मुटु। म आउँदै छु। हामी भेट हुनुपर्छ है।’

आफन्तका अनुसार शुक्री र सुबिनको विवाह भएको एक वर्ष पनि पुगेको थिएन।

विवाहलगत्तै शुक्री २०१९ अक्टोबरमा साइप्रसको लार्नाका सहरमा घरेलु कामदार बनेर गएकी थिइन्।

परिवारको आग्रहअनुसार उनको शव नेपाल ल्याइने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .