ad ad

समाज


सपनालाई भेटेर अर्थमन्त्रीले दिए बधाई

सपनालाई भेटेर अर्थमन्त्रीले दिए बधाई

नेपालखबर
मंसिर १९, २०७७ शुक्रबार १३:२३,

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समाजसेवी सपना मगरलाई भेटेर बधाई दिएका छन्।

शुक्रबार अर्थमन्त्रालयमा अर्थमन्त्री पौडेलले समाजसेवी सपना रोका मगरसँग भेट गर्दै बीबीसीको १ सय जना प्रभावशाली महिलामा परेकोमा बधाई दिएका हुन्।

नेपाल सरकारले गर्न नसकेको काम व्यक्तिगत स्तरबाट गरेर समाज सेवा गरेको भन्दै समाजसेवी मगरको प्रशंसा गरे अर्थमन्त्री पौडेललाई समाजसेवी मगरले बेवारिसे व्यक्तिहरु र बेवारिसे भएका लासको व्यवस्थापनमा सरकारको सहयोगको अपेक्षा रहेको बताइन्।

समाजसेवी मगरको माग सुनेपछि अर्थमन्त्री पौडेलले बेवारिसे लास व्यवस्थापनमा सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। साथै सपना मगर जस्तो प्रेरणादायी समाजसेवीलाई भेटन पाउँदा खुशी लागेको पनि बताए।

समाजसेवी सपनालाई बीबीसीले संसारका १ सय जना प्रभावशाली महिलाको सूचीमा पारेको छ। यसपछि मगरको कामको प्रशंसा देश भित्र मात्र नभई संसारभर भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .