ad ad

समाज


आफ्नो सबै जग्गा प्रधानमन्त्री मोदीलाई किन दिन चाहन्छिन् यी ८५ वर्षीया वृद्धा?

आफ्नो सबै जग्गा प्रधानमन्त्री मोदीलाई किन दिन चाहन्छिन् यी ८५ वर्षीया वृद्धा?

नेपालखबर
मंसिर १९, २०७७ शुक्रबार ११:२१,

भारतकाे उत्तर प्रदेशकी एक बृद्धा महिलाले आफ्नो नाममा भएको सबै जमिन प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा गर्न भन्दै वकिलकोमा पुगेकी छन्।

मैनापुरी जिल्लाकी ८५ वर्षीया बिट्टन देवी नामकी वृद्धा महिला आफ्नो नाममा भएको साढे १२ बिघा जमिन प्रधानमन्त्री मोदीको नाममा नामसरी गर्न चाहन्छिन्। त्यसिका लागि बुधबार उनी मैनापुरीको तहसील कार्यालय पुगिन्। उनले त्यहाँ एक वकिलसँग आफ्नो नाममा भएको जमिन प्रधानमन्त्रीका नाममा नामसारी गरिदिन आग्रह गरिन्। यो कुरा सुनेर वकिलसहित त्यहाँ रहेका सबै अचम्म परे। तर यसको पछाडि भावुक कारण रहेको पछिमात्रै खुल्यो।

न्युज एजेन्सी पीटीआईका अनुसार बिट्टनी विकास खण्ड, किसनीको चितयान गाउँकी बासिन्दा हुन्। उनीसँग लगभग साढे १२ बिघा जमिन छ। मिडिया रिपोर्टका अनुसार उनी बुधबार अचानक मैनपुरी तहसील पुगिन् र वकिल कृष्ण प्रताप सिंहको कोठामा गइन्। त्यहाँ उनले वकिलसँग कुरा गरिन र र आफ्नो सबै जग्गा पीएम मोदीको नाममा गर्ने इच्छा व्यक्त गरिन्।

ती वृद्ध महिलालाई वकिलहरुले राम्ररी सम्झाए तर पनि उनी आफ्नो अडानमा अडिग रहिन् र जग्गा नामसरी गर्न आग्रह गरिरहिन्। ती बृद्धाको जिद्दी कायमै रहेपछि वकिलहरुले उनीका बारेमा जानकारी मागे।

त्यसपछि वृद्ध महिलाले आफ्ना पति मरेको र दुई छोरा र बुहारी रहेको बताइन्। छोरा र बुहारीहरुले आफ्नो हेरचाह नगरेको, खान लगाउन नदिएको उनकाे भनाइ थियो।  सरकारले प्रदान गरेको बुढ्यौली पेन्सन योजना नै आफ्नो जीवनको एक मात्र साहारा भएको उनको भनाइ थियो।

बुढ्यौलीमा साहारा दिने सरकार र त्यसको त्यसको नेतृत्व गरिरहेका प्रधानमन्त्री मोदी नाममा आफूले सबै जग्गा दिन चाहेको उनले बताइन्। उनी प्रधानमन्त्री मोदीसँग धेरै नै खुसी रहेको बताउँछिन्। उनले मोदीले जनताका पक्षमा राम्रा काम गरेको उनको भनाइ थियो।

उनको कुरा सुनेपछि वकिलले उनको कुरा जिल्लाका अधिकारीसँग राख्ने भन्दै घर फर्काएका थिए। ती वृद्धा महिला दुई दिनपछि फेरि फर्केर आउने भन्दै गएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .