ad ad

अटो


सोमबार खुल्दै बीएमडब्लुको नेपालमा पहिलो भव्य शोरुम

सोमबार खुल्दै बीएमडब्लुको नेपालमा पहिलो भव्य शोरुम

नेपालखबर
मंसिर १९, २०७७ शुक्रबार ११:१८,

नेपालमा विश्व प्रिमियम ब्राण्ड बीएमडब्लुको भव्य शोरुम सोमबारबाट खुल्दै छ।

बीएमडब्लुको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी प्रिमियम मोटर्सले काठमाडौंको तीनकुनेमा पहिलो शोरुम खोल्नलागेको हो।

हाल नेपालमा बीएमडब्लु गाडीको कुनै पनि आधिकारिक विक्रेता थिएन। लक्ष्मी ग्रुपअन्तगर्तको लक्ष्मी प्रिमियम मोटर्सले नेपालको पहिलो डिलरसिप भएको बताएको छ।

BMW first showroom 1

करिब १५ वर्षअघि नेपालको हुन्डाई गाडीको आधिकारिक वितरक रहेको एभ्को इन्टरनेशनलले बीएमडब्लुका आठवटा गाडी बिक्री गरे पनि निरन्तरता दिनसकेको थिएन।

हाल हुन्डाई गाडीको समेत आधिकारिक बिक्रेता रहेको लक्ष्मी ग्रुपले नै ठूला राजनीतिज्ञ, उद्योगी÷व्यवसायी र प्रोफेसनलको छनोटमा पर्ने बीएमडब्लुका गाडी बिक्री गर्न सुरु गरेको हो।

BMW first showroom 4

विश्व बजारमा १०३ वर्षे इतिहास बोकेको लक्जरी कार उत्पादक कम्पनी बीएमडब्लुको तीनकुनेमा थ्रिएस अर्थात् सेल्स, सर्भिस, स्पेयरपार्ट्र्ससहितको भव्य शोरुम सञ्चालनमा आउनलागेको हो।

तीनकुनेमा खोलेको शोरुम देशका मुख्य सहरमा विस्तार गर्ने कम्पनीको योजना छ।

कम्पनीले औपचारिक रुपमा शोरुम तथा डिलरको लञ्च नगरे पनि बीएमडब्लुका गाडी भने बिक्री गरिसकेको छ। बीएमडब्लुको प्लान्ट भारतमा भए पनि नेपालमा आउने गाडी जर्मन, अमेरिका र अष्ट्रेलियाबाटै आउने कम्पनीले जनाएको छ।

BMW first showroom 9

कम्पनीले सोमबार भर्चुअल माध्यमबाट नयाँ डिलरसिप तथा शोरुमको उद्घाटन गर्ने जानकारी दिएको छ।

BMW first showroom 2

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .