ad ad

समाज


कोरोना भाइरसका कारण श्रीलंकाको जेलमा दंगा, आठ कैदीको मृत्यु

कोरोना भाइरसका कारण श्रीलंकाको जेलमा दंगा, आठ कैदीको मृत्यु

नेपालखबर
मंसिर १५, २०७७ सोमबार १०:६,

यस दङ्गामा मारिएका सबै व्यक्ति कैदी नै भएको सिन्हवा समाचार समितिद्वारा प्रकाशित समाचारमा जनाइएको छ।

दङ्गामा परी अन्य ४५ जना घाइते भएका छन्। घाइते भएकाहरुमा सुरक्षाकर्मी पनि रहेका छन्।

कारागारमा कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि बन्दीहरूले धरौटीमा मुक्त हुन पाउनुपर्ने र थप सेवासुविधाको माग गर्दै प्रदर्शन गरेका थिए।

राजधानी कोलोम्बोस्थित वेलिकाडा जेलका बन्दीहरूले छानामा चढेर आफूहरूलाई धरौटीमा छोडियोस् भन्दै प्रदर्शन गरेका थिए।

बन्दी र कारागारमा खटिएका सुरक्षाकर्मीहरूबीच भएको भडपमा परी कम्तीमा ८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएको बताइएको छ। श्रीलङ्काको जेलहरूमा अहिलेसम्म करिब १,००० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

कारागारमा रहेका बन्दीहरुले शुरु गरेको दङ्गा अनियन्त्रित भएपछि नियन्त्रणमा लिनको लागि बल प्रयोग गर्नु परेको प्रहरी प्रवक्ता अजित रोहनाले बताएका छन्।

कारागारमा सुरक्षा बढाउन विशेष तालिमप्राप्त कमान्डोहरूको टोली झिकाइएको छ।

श्रीलङ्कामा कोरोना शुरु भएयता २३ हजार ४०० भन्दा बढीमा कोभिड–१९ को संक्रमण देखिएको र यस संक्रमणबाट ११६ जनाको मृत्यु भईसकेको छ। रासस/सिन्हवा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .