ad ad

कारोबार


कामना सेवा विकास बैंकले १० लाख कित्ताको ऋणपत्र जारी गर्ने

कामना सेवा विकास बैंकले १० लाख कित्ताको ऋणपत्र जारी गर्ने

नेपालखबर
मंसिर १५, २०७७ सोमबार ९:४०,

कामना सेवा विकास बैंक लिमिटेडले १० लाख कित्ताको ऋणपत्र जारी गर्ने भएको छ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका १० लाख कित्ताको ऋणपत्र प्रत्याभूतिकर्ताको रुपमा नागरिक लगानी कोष नियुक्त भएको जनाएको छ।

डिबेञ्चर प्रत्याभूतिकर्ता सम्झौता–पत्रमा कामना सेवाविकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका हुन्।

यसैसाथ नेपालराष्ट बैंकबाट ‘ख’ वर्गको इजाजतपत्रप्राप्त बैंकहरुमा कामना सेवा ऋणपत्र निष्काशन गर्ने पहिलो विकास बैंक बनेको छ भने नागरिक लगानी कोषले ऋणपत्र प्रत्याभूति गरेको पनि यो पहिलोपटक नै हो। यसको नाम ‘९ प्रतिशत केएसबीबीएल डिबेन्चर २०८७’ रहेको छ। ऋणपत्रको अवधि १० वर्षको रहेको छ भने अर्धवार्षिक, ब्याज प्रदान हुने साथै सेबोन(धितोपत्र बोर्ड)को स्वीकृतिपश्चात यो ऋणपत्र निकट भविष्यमा निष्काशन गरिने समेत विज्ञप्तिमा जनाइएको छ ।

कार्यक्रममा प्रत्याभूतिकर्ता नागरिक लगानी कोषको मर्चेन्ट बैंक विभागप्रमुख नारायण प्रसाद घिमिरे, धितोपत्र निष्काशन तथा बिक्रीप्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगाना, निष्काशन विभाग प्रमुख रामकुमार महत तथा निष्काशनकर्ता कामना सेवा विकास बैंक लिमिटेडका जोखिम व्यवस्थापन विभाग प्रमुख प्रदिप पुडासैनीसमेतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .