ad ad

राजनीति


रिमोट कन्ट्रोलचालित मेसिनगनबाट फक्रजादेको हत्या भएको खुलासा

रिमोट कन्ट्रोलचालित मेसिनगनबाट फक्रजादेको हत्या भएको खुलासा

नेपालखबर
मंसिर १५, २०७७ सोमबार ९:३७,

इरानका आणविक वैज्ञानिक मोहसिन फक्रजादेको हत्या रिमोट कन्ट्रोलचालित मेसिनगनबाट भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

सर्वोच्च नेता आयातोल्ला अलि खामेनीलगायतले सो हत्या इजरायलले गराएको भन्दै बदलाको बाचा गरेका छन्। यसले मध्यपूर्वमा अर्को संकट निम्तिने आशंका बढेको छ।

इरानको फार्स न्युज एजेन्सीले जनाएअनुसार शुक्रबार राजधानी तेहरानबाट ६० किलोमिटर टाढा यो घटना भएको हो। फक्रजादे पत्नीसहित निसान कम्पनीको गाडीमा सवार थिए। उनको पछाडि सुरक्षाकर्मीका तीन वटा गाडी पनि थिए।

फक्रजादेको गाडीभन्दा डेढ सय मिटरको दूरीमा एउटा नीलो रङको पिक अप ट्रक आएर रोकियो। जसमा रिमोट कन्ट्रोलबाट चल्ने मेसिनगनका साथै विस्फोटक पदार्थ भरिएको थियो।

पहिले मेसिनगनले फक्रजादेमाथि गोली बर्सायो। त्यसपछि ट्रक नै विस्फोट भयो। लगत्तै ह्युन्डाईको कार र मोटरसाइकलमा आएका आक्रमणकारीले पनि फक्रजादेमाथि गोली चलाए।

त्यति मात्र होइन, उनको हत्याका लागि केही स्नाइपरहरुलाई समेत तयार राखिएको थियो।

fakirzadeh_car_77.jpgफक्रजादेको क्षतिग्रस्त कार

इरानी सञ्चारमाध्यमका अनुसार हत्यामा करिब १२ जना आक्रमणकारी संंलग्न थिए।

सन् २०१० देखि २०१२ को बीचमा कम्तीमा चार इरानी आणविक वैज्ञानिकको यसैगरी हत्या भएको थियो। जसको दोष इरानले इजरायललाई दिँदै आएको छ।

इजरायलले गराउने यस्ता हत्यासम्बन्धी पुस्तक लेखेका रोनन बर्गम्यानले इजरायलले विश्वमा करिब २ हजार ७ सय जनाको यसरी हत्या गरेको बताएका छन्। जसलाई इजरायलले खण्डन गरेको छैन। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .