पूर्वयुवराज पारस शाहको स्वास्थ्य अवस्था सामान्य रहेको उनका सहयोगीहरुले बताएका छन्।
चितवनमा रहेका पूर्वयुवराज शाहको छातीमा समस्या देखिएपछि उनी बसेको होटलमा बुधबार चिकित्सक टोली उपचारका लागि पुगेको थियो।
पोखरादेखि बुटवल र बुटवलदेखि चितवनसम्मको लामो यात्राका कारण साथीहरुको सुझावमा चेकजाँचका लागि हस्पिटल पुगेका तर उनमा ठुलो खालको समस्या नरहेको पारसका सहयोगी सागर न्यौपानेले जनाएका छन्।
नारायणगढस्थित होटल सेन्ट्रल पाल्ममा बसेका पारसको छातीमा समस्या देखिएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मी नेतृत्वको टोली उपचारका लागि सोही होटलमा पुगेको थियो।
शाहमा मुटुसम्बन्धी पुरानो समस्याका कारण सजगता अपनाइएको चिकित्सकहरुले बताएका छन्। यसअघि उनलाई तीन पटकसम्म हर्टअट्याक भएको थियो।
30
Shares
प्रतिक्रिया