ad ad

समाज


ब्राजिलको एक जेलभित्र भयो भयंकर झडप, ५२ कैदीबन्दीकाे मृत्यु

ब्राजिलको एक जेलभित्र भयो भयंकर झडप, ५२ कैदीबन्दीकाे मृत्यु

नेपालखबर
साउन १४, २०७६ मंगलबार ३:३५,

ब्राजिलको एक जेलमा कैदीबन्दीबीच झडप हुँदा ५२ जनाको मृत्यु भएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पारा प्रान्तको अल्टामिरास्थित जेलभित्रको एउटा भवनमा राखिएका कैदीबन्दीले अर्को भवनमा आक्रमण गरेका हुन्।   

 त्यसक्रममा १६ जनाको घाँटी काटिएको र अन्यको मृत्यु जेलको एउटा भागमा आगो लगाइएपछि धुवाँमा निसासिएर भएको अधिकारीहरुले उल्लेख गरेका छन्। 

बन्दीको कब्जामा परेका दुई जेल अधिकारीलाई मुक्त गरिएको बीबीसीले जनाएकाे छ। 

स्थानीय समयानुसार साेमबार बिहान झन्डे ७ बजे सुरु भएको हिंसा मध्याह्नतिर मात्र नियन्त्रणमा आएको थियाे।

जेलबाट लिइएको भनिएको ब्रजिलका सञ्चारमाध्यममा प्रसारित भिडिओ फुटेजमा कम्तीमा एउटा बन्दीगृहबाट धुवाँ निस्किरहेको देखिन्छ। अर्को भिडिओमा बन्दीहरू भवनको छतमा हिँडेको देखिन्छ।

कमान्डो क्लासिया ए (सीसीए) नामको गिरोहका सदस्यहरूले विरोधी समूह रेड कमान्डका सदस्यहरू राखिएको भवनमा आगो लगाएको प्रान्तीय सरकारले विज्ञप्तिमार्फत जनाएको छ।

हिंसा भड्किएको अल्टामिराको जेलको क्षमता दुई सय जना अटाउने भए पनि झन्डै तीन सय कैदी छन्।

ब्रजिलको सञ्चारमाध्यमका अनुसार घटनामा संलग्न समूहका नाइकेलाई सङ्घीय कारागारमा सरुवा गर्न लागिएको छ। ब्रजिलका कारागारहरूमा हिंसा असामान्य होइन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .