ad ad

समाज


भारतका डाक्टर भन्छन् : कोरोना संक्रमण हुँदा स्वाद/गन्ध थाहा नपाउने लक्षण देखिनु राम्रो

भारतका डाक्टर भन्छन् :  कोरोना संक्रमण हुँदा स्वाद/गन्ध थाहा नपाउने लक्षण देखिनु राम्रो

नेपालखबर
मंसिर ९, २०७७ मंगलबार ३:४४,

स्वाद र बास्ना/गन्ध थाहा नपाउनु पनि कोरोना संक्रमणका मुख्य लक्षणमा पर्छन्।

तर भारतका डाक्टरले कोरोना संक्रमितमा यस्ता लक्षण देखिनु सुखद संकेत भएको बताएका छन्। कारण यस्ता लक्षण देखिने कोरोना संक्रमित गम्भीर बिरामी पर्ने खतरा निकै कम हुन्छ।

जुन कोरोना संक्रमितमा यस्ता लक्षण देखिन्छन्, तिनको श्वासप्रश्वास प्रणालीमा कोरोना भाइरसले आक्रमण नगरेको भनेर बुझ्नुपर्ने उनीहरूको तर्क छ।

नोएडास्थित यथार्थ अस्पतालका छाती रोग विशेषज्ञ डाक्टर अरुण लखनपालको चिकित्सक टोलीले भनेको छ- आईसीयूमा भर्ना भएका धेरैजसो कोरोना संक्रमितले आफूमा स्वाद र बास्ना थाहा नपाउने लक्षण नदेखिएको बताएका छन्।’

डा. लखनपालका अनुसार करिब ४० प्रतिशत बिरामीमा स्वाद र बास्ना थाहा नपाउने लक्षण देखिन्छन्। त्यस्ता बिरामीको उपचार सहज हुने संकेत हो।

मेदान्ता अस्पतालका वरिष्ठ चिकित्सक डा. सुशीला कटारिया पनि उक्त कुरामा सहमत छिन्। उनी भन्छिन्, ‘त्यस्ता बिरामीलालई सामान्यतया अक्सिजन दिइरहनु पर्दैन र अस्पताल भर्ना हुनुपर्ने अवस्था पनि हतपती आउँदैन।’

कोरोना संक्रमण भएपछि मानिसले स्वाद र बास्ना थाहा नपाउनुको कारण स्पष्ट भइसकेको छैन। तर पनि भाइरसले इन्द्रियसँग सम्बन्धित स्नायुमा असर पारेपछि यस्ता लक्षण देखिन विश्वास गरिएको छ।

अर्काे कुरा स्वाद र बास्ना/गन्ध थाहा नपाउनु कोरोना संक्रमणका लक्षण मात्र हुँदैन, साइनोसाइटिसजस्ता सामान्य समस्यादेखि मस्तिष्क क्यान्सरजस्ता गम्भीर रोगमा समेत यस्ता लक्षण देखिन्छ। तसर्थ यस्ता लक्षण देखिँदा बेवास्ता गर्नु हुँदैन, स्वास्थ्य परीक्षण गराई वास्तविकता पत्ता लगाइहाल्नुपर्छ। स्राेत : दैनिक भास्कर (भारतीय पत्रिका)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .