ad ad

समाज


ब्राजिल जाने लोभमा परिन् शिक्षिका, अपरिचित पुरुषलाई बुझाइन् १० लाख!

ब्राजिल जाने लोभमा परिन् शिक्षिका, अपरिचित पुरुषलाई बुझाइन् १० लाख!

नेपालखबर
मंसिर ९, २०७७ मंगलबार ३:३१,

स्याङ्जाको वालिङ नगरपालिकाकी २९ वर्षीया एक महिलाले फेसबुकमा चिनजान भएका व्यक्तिको विश्वासमा पर्दा १० लाख रुपैयाँ गुमाइएकी छन्।

शिक्षिकासमेत रहेकी ती महिलालाई ठगी गर्ने बाजुराको हिमाली गाउँपालिका-४ का २७ वर्षीय रुपचन्द्र पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।

पाण्डेलाई नेपालगञ्जबाट पक्राउ गरेर स्याङ्जा ल्याइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी होविन्द्र बोगटीले जानकारी दिए। ‘सोझी महिला ब्राजिल जाने लोभमा ठगिएको देखिन्छ,’ एसपी बोगटीले मंगलबार बिहान नेपालखबरसँग भने, ‘ठगीमा संलग्न पाण्डेलाई आइतबार अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान अघि बढाएका छौँ।’

एसपी बोगटीका अनुसार ती महिलाका पति विदेशमा छन्। सात महिनाअघि पाण्डेसँग फेसबुकमा चिनजान र कुराकानी हुन थालेपछि उनीहरु नजिकिएका थिए। ‘पाण्डेले आफू ब्राजिलमा रहेको भन्दै ती महिलालाई पनि ब्राजिल घुमाउन लैजाने लोभ देखाएर ठगेको देखिन्छ,’ एसपी बोगटीले भने, ‘६ महिनादेखि पटक-पटक गरेर आइएमईमार्फत उनले १० लाख २८ हजार सात सय रुपैयाँ पाण्डेलाई पठाएको देखिन्छ।’

रकम पठाए पनि पाण्डे र ती महिलाबीच प्रत्यक्ष भेटघाट भएको नपाइएको बोगटीले बताए। ‘उनीहरुबीच फोनमा मात्रै कुराकानी भएको पाइएको छ। भिडियोमा कुराकानी पनि भएको देखिँदैन,’ बोगटीले भने।

पाण्डेबाट अरु पनि धेरै ठगिएको आशंका प्रहरीले गरेको छ। ‘उसको फेसबुक म्यासेन्जर, भाइबर, इमो सबै चेक गरेर अनुसन्धान गरिरहेका छौँ,’ एसपी बोगटीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .