नोरो भाइरसका कारण फुजियान प्रान्तको एक विद्यालयका ३० विद्यार्थी बिरामी परेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ।
नोरो भाइरसले वान्ता हुने र डाइरिया हुने समस्या निम्तयाउँछ। दूषित खाना र पानीको सेवनबाट यस भाइरस संक्रमण हुने बताइएको छ। संक्रमित व्यक्तिबाट यस भाइरस सर्नसक्छ।
विद्यालयमै सबै विद्यार्थीले खाना खाएका थिए। विद्यालयकै खानाबाट यस भाइरसको संक्रमण भएको आशंका गरिएको छ।
संक्रमित विद्यार्थीको हाल उपचार भइरहेको छ। उक्त विद्यालयका प्रधानध्यापक झाङले विद्यालयलाई बन्द नगरिने बताएका छन्।
प्रतिक्रिया