उत्तर–पूर्वी शहर पियत्रा निम्तको एक सार्वजनिक अस्पतालको सघन उपचार कक्षमा आगलागी भएको बीबीसीले जनाएको छ।
आगलागीमा अन्य केही गम्भीर घाइते भएको बताइएको छ। आगलागी हुँदा एक डाक्टरले एक बिरामीलाई उद्दार गरेका थिए।
आगोले शरीर जलेकाले उनको अवस्था गम्भीर भएको बताइएको छ। रोमानियाको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अस्पतालमा विद्युत सर्ट भएर आगलागी भएको थियो।
रोमानियामा हालसम्म ३ लाख ५० हजारमा कोरोना पुष्टि भइसकेको छ। हालसम्म ८ हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु भएको छ।
अहिले १ हजार १४९ कोरोना संक्रमितको त्यहाँ सघन उपचार कक्षमा उपचार भइरहको बताइएको छ।
प्रतिक्रिया