माइक्रोसफ्टका अनुसार रुसको ‘फेन्सी बियर’ र उत्तर कोरियाको ‘जिन्क’ र ‘सेरियम’ नामक समूहले कोरोनाविरुद्धको अनुसन्धानमा साइबर आक्रमण गरेका हुन्।
यसअघि बेलायतको नेसनल साइबर सेक्युरिटी सेन्टर एनसीएससीले रुसी ह्याकरहरुले कोरोना खोपको अनुसन्धानमा साइबर आक्रमणको प्रयास गरेको बताएको थियो।
रुसले यस विषयमा प्रतिक्रिया जनाउँदै आफ्नो देशबाट ह्याकिङको प्रयास भएको विषय गलत भएको बताएको थिाये।
माइक्रोसफ्टले विकास गरेको साइबर सेक्युरिटी सफ्टेरले ७ वटा औषधि निर्माता कम्पनीको अध्ययनमा रुसी र उत्तर कोरियाली ह्याकरले बार्धा पुर्याएको पत्ता लगाएको छ।
क्यानडा, फ्रान्स, भारत, दक्षिण कोरिया र अमेरिकी खोप अनुसन्धानमा ह्याकिङको प्रयास भएको बताइएको माइक्रोसफ्टलाई उदृत गर्दै बीबीसीले जनाएको छ।
प्रतिक्रिया