ad ad

समाज


नक्कली प्रहरीले यसरी लुटे ७ सय ५० केजी सुन (भिडियो)

नक्कली प्रहरीले यसरी लुटे ७ सय ५० केजी सुन (भिडियो)

नेपालखबर
साउन ११, २०७६ शनिबार १२:४९,

सन्दिग्धहरू प्रहरीको पोशाकमा रहेको जनाइएको छ। साओ पावलोस्थित ग्वारुलियोस विमानस्थलबाट सो परिमाणमा सुन लुटिएका हुन्

उक्त सुन न्यूयोर्क र ज्यूरिक पुर्याउन लागिएको थियो। प्रहरीका अनुसार विमानस्थलका दुईजना कर्मचारीलाई बन्धक बनाइएको थियो।

केही विवरणहरूमा जनाइए अनुसार सुनबारे गोप्य जानकारी लिनका लागि सन्दिग्धहरूले विमानस्थलका एक वरिष्ठ अधिकारीका परिवारका सदस्यको बुधवार अपहरण गरेको हुन सक्छ।

सन्दिग्धहरूले पिकअप ट्रकलाई ब्राजिलको सङ्घीय प्रहरीको गाडीको स्वरूप दिएका थिए।

उनीहरूले सुनलाई आफ्ना गाडीमा हाल्न विमानस्थलका कर्मचारीलाई बाध्य पारेका थिए।

भिडियो फुटेजमा देखिए अनुसार गाडीबाट चारजना झरेका थिए र उनीहरूमध्ये कम्तीमा एक जनासँग राइफल थियो।

विमानस्थलका एकजना प्रवक्ताले घटनामा कोही पनि घाइते नभएको बताए। यद्यपि कर्मचारीलाई बन्धक बनाइएको विषयमा उनले कुनै प्रतिक्रिया दिएनन्। बीबीसी

(भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .