प्रहरीले पर्साको वीरगन्जस्थित श्रीगणेश अपार्टमेन्टबाट २३ किलो बढी सुन र २ किलोभन्दा बढी चाँदी बरामद गरेको छ।
भन्सारका एजेन्टसमेत रहेका भारतीय नागरिक अशोक सिन्हा बस्ने गरेको अपार्टमेन्टको तेस्रो तलास्थित ३०३ नं फ्ल्याटबाट केही गहना र बाँकी कच्चा सुन बरामद भएको हो।
पर्साकी प्रहरी प्रमुख एसपी गंगा पन्तका अनुसार एक किलो दरका १३ वटा, ५ टेल्स ९९९९ गोल्ड लेखिएका ४६ पिस गरी ८ किलो ७ सय ७६ ग्राम र एक सय ग्रामका १० पिस गरी एक केजी काँचो सुन बरामद भएको छ। यस्तै सुनकै ६८१ ग्रामका गहनासमेत उक्त कोठाबाट बरामद भएको छ।
यस्तै चाँदीका गरगहाना तथा थाललगायतका भाँडाकुँडा गरी २ केजी २६२ ग्राम बरामद भएको छ।
प्रहरीले केही दिन पहिले नै सूचना पाएको भए पनि भारतीय नागरिक नभएका कारण छापा मारेको थिएन। केही दिन कुर्दासमेत भारतीय नागरिक नआएपछि शनिबार दिउँसो छापा मारेर उक्त सामान बरामद गरेको हो।
भारतको चम्मपारण हरैयाका सिन्हा भने फरार छन्।
Shares
प्रतिक्रिया