उक्त घटनाको भिडियो सार्वजनिक भएको छ। जहाँ ४० भन्दाबढी मानिसले बाघलाई लठ्ठीले कुटपिट गरेको देखिन्छ।
उक्त बाघ ५ वर्षको भएको जनाइएको छ। मानिसहरुले बाघलाई ‘मार मार’ भनेको आवाज भिडियोमा सुन्न सकिन्छ।
उत्तर प्रदेशको अधिकारीहरुका अनुसार बाघले हालैका दिनमा त्यस क्षेत्रका ९ जनालाई घाइते बनाएको थियो।
मान्छेलाई बाघले आक्रमण गरेपछि गाउँलेहरु निकै रिसाएका थिए। उनीहरुले एकजुट भएर बाघलाई कुटेर मारेका हुन्।
मानिसको आक्रमणबाट बाघ गम्भीर घाइते भएको थियो। केहीबेरमै बाघको मृत्यु भएको जनाइएको छ।
बाघ भारतको राष्ट्रिय जनवार हो। सन् २०१९ मा ५२ वटा बाघको मृत्यु भइसकेको भारतीय अधिकारीहरले जनाएका छन्।
यस बाघ मरेपछि बन अधिकारीहरुले यसले बाघको अस्तित्वमा ठूलो क्षति पुर्याएको जनाएका छन्। डेलीमेल
(भिडियो)
प्रतिक्रिया