ad ad

समाज


श्रीमतीको दाउ प्रहारबाट ठहरै

श्रीमतीको दाउ प्रहारबाट ठहरै

नेपालखबर
साउन ९, २०७६ बिहिबार १३:४७,

पोखरामा श्रीमतीले हानेको धारिलो हतियारबाट श्रीमानको मृत्यु भएको छ।

कास्की प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीका अनुसार पोखरा महानगरपालिका–१८ गोष्टेको शिवालय ठाँटी समाजघरमा बस्दै आएका ५० वर्षीय सुकराम विकलाई बुधबार राति उनकै श्रीमती सीता परियारले दाउले हानेकी थिइन्।

लोग्ने स्वास्नीबीचको झगडाकै क्रममा दाउ प्रहारबाट घाइते भएका शुकरामलाई स्थानीय मातृशिशु अस्पताल लगिएकोमा उनको बिहीबार मृत्यु भएको हो। प्रहरीले सीतालाई नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । 

मर्स्याङदीमा शव फेला

यता, गोर्खाको पालुङटार नगरपालिका–५,¥यालीभन्ज्याङमा पर्ने मस्र्याङ्दी नदीको किनारामा एक जनाको शव भेटिएको छ। परिचय नखुलेको सो शव ५० वर्षीय पुरुषको भएको प्रहरीको भनाई छ।

सेतीमा हामफालेर वेपत्ता

यसैगरी, तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटार बस्ने ६३ वर्षीय हीराबहादुर आले सेती नदीमा हाम्फालेर बेपत्ता भएका छन्। उनको खोजतलास भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .