पोखराको डेभिजफल्स र फुस्रेखोलाको दोभानको खोल्सामा माछा मार्न गएका एक किशोरको ४ दिनपछि उद्धार गरिएको छ।
४ दिन पहिला माछा मार्न गएका १६ वर्षीय अञ्जन सुनार खोल्सामा खसेका थिए। खोल्सामा खसेका उनको बिहीबार सशस्त्र प्रहरी गण पोखरामा कार्यरत प्रहरी उपरीक्षक राजेन्द्र विष्टको टोलीले उद्धार गरेको हो।
अञ्जनको अहिले गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ।
प्रतिक्रिया