ad ad

समाज


डेरावाल र श्रमिकलाई पीसीआर परीक्षण गर्न बाध्य नपार्न महानगरको आग्रह

डेरावाल र श्रमिकलाई पीसीआर परीक्षण गर्न बाध्य नपार्न महानगरको आग्रह

नेपालखबर
असोज १३, २०७७ मंगलबार १२:५२,

काठमाडौं महानगर क्षेत्रभित्र घर भाडामा लिइ बसोबास गर्ने व्यक्ति तथा परिवारलाई पीसीआर परीक्षणका लागि बाध्य नबनाउन काठमाडौं महानगरले घरधनीहरुलाई अपिल गरेको छ।

महानगरको जनस्वास्थ्य महाशाखाले आज एक अपिल जारी गर्दै, कसैलाई पनि पीसीआर रिपोर्टका लागि बाध्य नबनाउन अनुरोध गरेको हो।

डेरामा बस्ने व्यक्ति तथा परिवारलाई घरधनीले र औद्योगिक प्रतिष्ठानमा काम गर्ने श्रमिकलाई उद्योग तथा कलकारखानाले पीसीआर परीक्षण गर्न बाध्य पारिएको गुनासा आएको भन्दै महाशाखा प्रमुख हरिबहादुर कुँवरले ‘संकटको घडीमा समस्या व्यवस्थापन गर्न यस्तो आग्रह गरिएको’ बताएका छन्।

‘कोरोना (सार्स कोव २) भाइरसको प्रभाव देखिन कम्तीमा ५ दिन लाग्ने भएकोले अनुपयुक्त समयमा परीक्षण गर्नु र नगर्नुमा फरक हुँदैन। त्यसैले लक्षण नदेखिइ परीक्षण नगर्नु भन्ने महानगरको आशय हो’ अपिलमा भनिएको छ।

महाशाखा प्रमुख हरिबहादुर कुँवरद्वारा प्रेशित अपिलमा अगाडि भनिएकाे छ, ‘लक्षण देखिएका बिरामीको परीक्षण गर्न स्वास्थ्य मन्त्रालयले तोकेका जुनसुकै स्वास्थ्य संस्थामा गए पनि हुन्छ। अहिले सचेत हुनुपर्ने समय हो। त्रसित भएर समस्याको समाधान आउँदैन। त्यसैले समाजमा सद्भाव बढाउन र समस्याका समाधानका लागि समन्वय गर्नुको विकल्प छैन।’

अपिलमा महामारी बिरुद्ध एकजुट भइ लड्न पनि सबैमा आग्रह गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .