ad ad

राजनीति


सीमा समस्या हल गर्न १९५९ मा फर्किन चीनको प्रस्ताव, भारतद्वारा अस्वीकार

सीमा समस्या हल गर्न १९५९ मा फर्किन चीनको प्रस्ताव, भारतद्वारा अस्वीकार

नेपालखबर
असोज १३, २०७७ मंगलबार १२:३९,

चीनले भारतसँगको सीमा विवाद हल गर्न सन् १९५९ मा प्रधानमन्त्री चाउ एनलाइले राखेको प्रस्तावमा सहमत हुन भारतलाई आग्रह गरेको छ। तर, भारतले सो प्रस्तावलाई खारेज गरेको छ।

७ नोभेम्बर १९५९ मा प्रधानमन्त्री चाओले भारतीय समकक्षी जवाहरलाल नेहरुलाई पत्र लेख्दै सो प्रस्ताव राखेका थिए।

चाओले सो पत्रमा पूर्वी सेक्टरमा म्याकमोहन लाइन र पश्चिम सेक्टरमा आआफ्नो नियन्त्रणमा रहेको क्षेत्रबाट दुवै देशले आफ्नो सैनिक २० किलोमिटर पछाडि सार्ने प्रस्ताव राखेका थिए।
त्यसलाई भारतले अस्वीकार गरेपछि दुई देशबीचको सम्बन्ध बिग्रिँदै गएको थियो, जुन अन्ततः १९६२ मा युद्धमा परिणत भएको थियो।

चीन अझै पनि चाओकै प्रस्तावमा अडिग रहेको अभिव्यक्ति चिनियाँ विदेश मन्त्रालयले दिएको छ। तर, भारतीय विदेश मन्त्रालयले भने त्यसलाई खारेज गरेको छ।

‘भारतले एकतर्फी रुपमा परिभाषित १९५९ को लाइन अफ एक्चुअल कन्ट्रोललाई कहिल्यै स्वीकारेको छैन। भारतको यो अडान चीनलाई पनि राम्ररी थाहा छ,’ भारतीय विदेश मन्त्रालयले भनेको छ।

त्यस्तै चीनले भारतको केन्द्र प्रशासित लद्दाखलाई मान्यता नदिने पनि स्पष्ट पारेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .