तनहुँ र मकवानपुरमा दुई जना बालिकामाथि बलात्कार भएको छ। छुट्टा छुट्टै मितिमा बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
तनहुँमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दे गाउँपालिका १ मान्द्रेका ३२ वर्षीय राम सुनार पक्राउ परेका छन्। सुनारले ती बालिकालाई सोही ठाउँस्थित खालि घरमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ।
यस्तै मकवानपुरमा पनि ९ वर्षीया बालिकामाथि बलात्कार भएको प्रहरीले जनाएको छ।
बलात्कारमा संलग्न रहेको अभियोगमा प्रहरीले हेटौंडा उपमहानगरपालिका ११ थानाभर्याङका ४१ वर्षीय पुष्कर कार्कीलाई पक्राउ गरेको छ। उनलाई मंगलबार पक्राउ गरेको हो। कार्कीले गत शुक्रबार ती बालिकालाई ललाई फकाई बलात्कार गरेको मकवानपुर प्रहरीको अभियोग छ।
प्रतिक्रिया