ad ad

समाज


पत्रकारिता क्षेत्रमा कोभिड-१९ को प्रभाव सर्वेक्षणको प्रारम्भिक नतिजा सार्वजनिक

पत्रकारिता क्षेत्रमा कोभिड-१९ को प्रभाव सर्वेक्षणको प्रारम्भिक नतिजा सार्वजनिक

नेपालखबर
असोज ५, २०७७ सोमबार १२:२२,

नेपाल पत्रकार महासंघले पत्रकारिता क्षेत्रमा कोभिड–१९ को प्रभाव सर्वेक्षणको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ।

सेयरकाष्ट इनिसिएटिभक नेपालको सहकार्यमा महासंघले गरेको सर्वेक्षणको नतिजा भर्चुअल माध्यमबाट कार्यक्रम गरी सार्वजनिक गरिएको हो।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले कोभिड १९ महामारीको समयमा पत्रकारको पेशागत समस्या तथा सञ्चारमाध्यमले भोग्नुपरेको अवस्थाको यथार्थता थाहा पाउन सर्वेक्षण गरिएको बताए।

महासंघका पूर्व सभापति डा‍. सुरेश आचार्यले सञ्चारगृहले कोरोनाको बहानामा पत्रकारलाई पेशाबाट बञ्चित गर्न नमिल्ने बताए। उनले मिडिया सञ्चालकहरुले वर्षौंदेखि कमाएको नाफालाई बिर्सिएर केही महिनाको घाटा देखाउँदै मिडिया बन्द गर्ने र पत्रकार निकाल्ने काम गर्नु गलत भएको बताए।

यस्तै महासंघका पूर्व सभापति तारानाथ दाहालले सर्वेक्षणमा सहभागी पत्रकारहरुले पेशाप्रति देखाएको आशाले उत्साहित बनाएको बताए। उनले यो सर्वेक्षणको नतिजाले नेपाली पत्रकारिता क्षेत्रमा कोभिड १९ का कारण सिर्जना भएको अवस्थालाई स्पष्ट पारेको बताए।

महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले सर्वेक्षणले कोभिड १९ महामारीले पत्रकारको पेशागत सुरक्षामा ठूलो असर पारेकाले पेशागत संकटमा परेका पत्रकारको बारेमा महासंघले पहल कदम लिनुपर्ने धारणा राखे।

शेयरकास्टका अनुसन्धानकर्ता मधु आचार्य र भूमी चापागाइँले सर्वेक्षणमा अपनाइएको विधि र नमुना छनौटका बारेमा प्रकाश पारे। त्यसैगरी कार्यक्रमका सहजकर्ता एवं महासंघका सचिव प्रकाश थापाले सर्वेक्षणको नतिजाले अहिलेको विषम परिस्थितिबाट सिंगो पत्रकारिता क्षेत्र माथि निस्कनु कोसेढुंगा सावित हुने बताए।

कार्यक्रममा महासंघ केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरु, प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोसियटका अध्यक्षहरु लगायत सञ्चारविज्ञहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .