अमेरिकी म्याजिस्ट्रेट न्यायाधीश लरेल बीलरले उक्त प्रतिबन्धले वाक स्वतन्त्रताको हनन् भएको बताउँदै विच्याट प्रतिबन्ध गर्न नदिएको बीबीसीले जनाएको छ।
सरकारको कार्यले संविधानको पहिलो संशोधनसँग सम्बन्धित वाक स्वतन्त्रताको विषयहरूबारे गम्भीर प्रश्न उत्पन्न गरेको उनको भनाइ छ।
अमेरिकाको वाणिज्य मन्त्रालयले आइतबारदेखि त्यहाँको एप स्टोरमा विच्याटमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।
ट्रम्प प्रशासनले उक्त एपले आफ्नो देशको राष्ट्रिय सुरक्षामा खतरा पारेको आरोप लगाएको छ। विच्याटले प्रयोगकर्ताहरूको डेटा चिनियाँ सरकारलाई उपलब्ध गराउन उसको भनाइ छ।
तर चीन र विच्याट दुवैले उक्त दाबीको खण्डन गरेका छन्। प्रतिबन्ध गरिने सूचीमा चिनियाँ एप टिकटक पनि थियो।
तर टिकटकले अमेरिकी कम्पनी ओरेकलको मातहतमा रहेर सेवादिन सम्झौता गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सम्झौतालाई अनुमोदन गरेपछि अब टिकटक अमेरिकामा प्रतिबन्ध हुनेछैन।
प्रतिक्रिया