ad ad

राजनीति


कांग्रेस केन्द्रीय समिति असोज १९ का लागि बोलाइयो, बैठकअघि नेताहरुकाे कोरोना परीक्षण अनिवार्य

कांग्रेस केन्द्रीय समिति असोज १९ का लागि बोलाइयो, बैठकअघि नेताहरुकाे कोरोना परीक्षण अनिवार्य

नेपालखबर
असोज ५, २०७७ सोमबार १२:२१,

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असोज १९ गते सोमबारका दिन राखिएको छ।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको आगामी १४औं महाधिवेशनको तयारीबारे छलफलका लागि डाकिएको सो बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामै हुनेछ।

पार्टीले बैठकमा सहभागी हुने सबैले बैठकअगाडि नै कोरोनाको पीसीआर परीक्षण गर्न अनिवार्य गरेको छ।

त्यसको व्यवस्था भने पार्टीको केन्द्रीय कार्यालयले नै गरेको छ।

‘त्यसका लागि पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य एवं आमन्त्रित केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालयका कर्मचारीहरुले अनिवार्य रुपमा असोज १५ गते विहान ११ः०० देखि ३ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई पीसीआर परीक्षण गराउनु हुन अनुरोध गरिन्छ,’ पौडेलले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .